उपनिर्वाचन जनमत संग्रह जस्तै : नेता निधि

  • राकेश सिंह
  • प्रकाशित मिति: कार्तिक 22, 2076
  • 55 पटक पढिएको

पोखरा, २१ कार्तिक। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचन जनमतसङ्ग्रह जस्तै भएको बताएका छन्।

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका तर्फबाट खेमराज पौडेलको उम्मेदवारी दर्तापछि बिहीबार आयोजित घोषणासभामा उनले वर्तमान सरकारका लोकतन्त्र विरोधी कदम, महँगी, भष्टाचार आदिका विरुद्धमा निर्वाचनमा जनताले अभिमत दिने बताए।

सरकारलाई खबरदारी गर्नका लागि पनि यस उपनिर्वाचनमा जनताले कांग्रेसलाई साथ दिने बताउँदै उनले पार्टीका तर्फबाट पनि लामो समयको त्याग र योगदान गरेका नेतालाई उम्मेदवार सिफारिस गरिएको बताए। कास्की नं २ मा पौडेलको उम्मेदवारीसँगै पार्टीभित्र अन्तरद्वन्द्व, घात अन्तरघातको अध्याय समाप्त भएको बताउँदै आगामी दिनमा पार्टीमा योगदान गर्नेको सही मूल्याङ्कन हुन्छ भन्ने कुरालाई थप प्रष्ट्याएको बताए।

कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले यो निर्वाचन सरकारलाई सही बाटोमा हिँडाउनका लागि भएको उल्लेख गर्दै सम्पूर्ण पार्टी पङ्क्ति एकाकार हुने बताए। देशमा लोकतन्त्रको स्थापना र समाजको रुपान्तरणका लागि आफू लामो समयदेखि क्रियाशील हुँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा अझै जनताको मनोभावनालाई आत्मसात् गर्दै अघि बढ्ने बताए।


कल्याणपुर नगरपालिकामा वडाअध्यक्ष पदमा जनमत पार्टीबाट रहमानको उम्मेदवारीे दर्ता

गणेश कुमार शर्मासिरहा,कार्तिक २७ गते । कल्याणपुर नगरपालिकामा उपनिर्वाचनका लागि १३ जनाले उम्मेदवारी दर्

जल पुरुष सिंहको हात बाट पत्रकार बरबरिया सम्मानित

धनुषा ,कार्तिक २७ गते ।कमला बचाउ अभियानको प्रथम वार्षिकोत्सवमा पत्रकार नरेशचन्द्र बरबरिया र पत्रकार बिन

भूत मेला मेला आउने श्रद्धालुलाई निःशुल्क शिविर

ईन्द्रजीत गोईतधनुषा। प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन लाग्ने भूत मेला मेलाका भक्तालुहरुलाई निःशुल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२