सातै प्रदेशको ‘उत्पादन प्रोफाइल’ तयार, सबै प्रदेशमा पठाइयो

  • राकेश सिंह
  • प्रकाशित मिति: कार्तिक 21, 2076
  • 66 पटक पढिएको

मुलुकको वैदेशिक व्यापार घाटा कसरी घटाउन भन्ने बहस भइरहेको बेला सरकारले सातै प्रदेशको उत्पादन प्रोफाइल तयार गरेको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले प्रोफाइल तयार गरेर प्रत्येक प्रदेश सुझाब सहित प्रतिवेदन पठाइएको छ।

केन्द्रले सातै प्रदेशमा रहेका निर्यातयोग्य वस्तुहरू, आयात प्रतिस्थापन एवं अन्तरप्रदेश व्यापार हुन सक्ने वस्तु तथा सेवाहरूको विस्कृत रुपमा अध्ययन गरी बस्तु तथा सेवाहरूको प्रोफाइल तयार गरेको हो। सरकारले गत आर्थिक वर्षमा उक्त प्रोफाइल बनाउने योजना अनुसार झन्डै ६ महिना लगाएर अध्ययन प्रतिवेदन तयार गरिएको थियो।

छुट्टाछुट्टै तयार गरिएको सातै प्रदेशको उत्पादन प्रोफाइललाई प्रत्येक प्रदेशमा पठाइसकिएको छ।

प्रोफाइल तयार गर्ने क्रममा स्थलगत अध्ययन, सारोकारवाहरूसँग छलफल, अहिलेसम्मको आयात निर्यातको अवस्था र अबको सम्भावनालाई विषयमा छलफल गरिएको थियो।

प्रतिवेदनमा अन्तरप्रदेश व्यापार हुन सक्ने वस्तुहरू, निर्यात भइरहेका तथा निर्यातयोग्य वस्तुहरू, नेपालको आयात निर्यातको अवस्था, प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु तथा सेवाहरूको अथ्यांकको विवरणहरू समावेश गरिएको छ। यस प्रोफाइलमा अब प्रदेशले गर्नु पर्ने काम, सम्भवना, सबल र दुर्बल पक्ष र उत्पादन वस्तुको विस्तृत विवरण समावेश गरिएको छ।

यस प्रतिवेदनमा नपरेका वस्तु तथा सेवाहरूको अध्ययन गरी थप परिमार्जन गर्दै समावेश गर्ने केन्द्रले जनाएको छ। प्रदेशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाइ निर्यात अभिवृद्धि मार्फत मुलुकको बढ्दो व्यापारघाटा कम गर्न सहयोग पुर्‍याउने उद्देश्य रहेको केन्द्र प्रवक्ता शान्तीदेव मल्लले बताइन्। प्रदेशहरूले यसलाई सकारात्मक रुपमा लिदै यसका आधारमा नीति तयार गर्न सजिलो हुने बताएको उनले बताइन्।

अन्तर प्रादेशिक व्यापारलाई अभिवृद्धि गर्ने, आयातित मालवस्तुहरूलाई प्रदेशमा उत्पादित मालवस्तरुको प्रतिस्थापन गर्ने, प्रदेशमा सम्भावना भएका वस्तु तथा सेवा व्यापारका अवसरलाई पहिचान गरी व्यापार प्रवद्र्धन तथा नीति तर्जुमा गर्न सहयोग गर्ने यस अध्ययन उद्देश्य रहेको छ।

यस अध्ययनबाट प्रत्येक प्रदेशले निर्यात सम्भावना भएका वस्तु तथा सेवाहरूको जानकारी पाउने छन्। अन्तर प्रदेश व्यापारका सम्भावित वस्तु तथा सेवाहरूको सूचि तयार हुनेछ। यस अध्ययनका आधारमा निर्यात सम्भावना भएका, आयात प्रतिस्थापन हुने र अन्तर प्रदेश व्यापार सम्भावना बारेमा प्रदेशलाई नीति तर्जुमा गर्न सहयोग पुग्ने केन्द्रको विश्वास छ।

केन्द्रले प्रत्येक प्रदेशको प्रोफाइल तयार गरेर अन्तरप्रदेश लगानी सम्मेलन गर्ने योजना समेत बनाएको थियो। गत आर्थिक वर्षमा सातै प्रदेशको प्रोफाइल मात्र बनाउने भनिएका सम्मेलन भने गर्न नसकिएको केन्द्रले जनाएको छ।

सम्मेलन गर्ने विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले सम्मेलन गर्दा खर्च धेरै लाग्ने भएकाले प्रत्येक प्रदेशलाई पठाउन भनेका थिए।

प्रदेश १

प्रदेश १ मा उत्पादन भएका र अन्तरप्रदेश व्यापार भएका प्रमुख वस्तुहरूमा धान चामल, गहुँ, मकै, कोदो, फापर जौ, ताजा तारकारी, फलफूल, दलहन, तेलहन पर्छन्।

अन्तरप्रदेश व्यापार भएका प्रमुख औद्योगिक वस्तुहरूमा कागज, तयारी पोशाक, जुत्ता, फर्चिचर, खेलौना, कलम, पेन्सिल, प्लाष्टिकका भाडाकुँडा, टुथपेष्ट, साबुन, सेम्फु, तालाका सामानहरू, स्पिरिट, मदिरा, विस्कुट, इलेक्ट्रिक भेहिकल, विजुलीका सामानहरू, प्लाइउड, खानेतेल, प्रशोधित पेट्रोलियम, फलाम तथा स्टिलका उत्पादनहरू पर्छन्।

प्रदेश एकबाट निकासी भएका प्रमुख वस्तुहरूमा चिया, अलैंची, अदुवा, अम्लिसो, रुद्राक्ष, सुपारी, ताजा तरकारी, छुर्पी, चिज, तिराइतो धागो, जुटका सामान, छालाका सामानहरू र जस्तापाताहरू रहेका छन्।

केन्द्रीय तथ्यांक विभागको प्रादेशिक कुल गाहस्थ उत्पादन सम्बन्धि प्रकाशित सन् २०१८ को तथ्यांकअनुसार नेपालको कुल ग्रहस्थ उत्पादन ३४ खर्ब ६४ अर्ब ३२ करोडमा प्रदेश एको हिस्सा १४.६० प्रतिशत (५ खर्ब ५ अर्ब ८५ करोड) रहेको छ। तुलनात्मक रुपमा हेर्दा प्रदेश एकको कूल ग्रहस्थ्य उत्पादनमा दोस्रो नम्बरमा रहेको छ।

उद्योगतर्फ हेर्ने हो भने यस प्रदेशमा सानाठूला गरेर ७ सय २२ उद्योग रहेका छन्। चिनी, सालाइ, स्टिल, भाँडा, धागो, कपडा, फलाम, छाला, विस्कुत, चाउचाउ, सावुन, कन्फेक्सनरी, प्लाइउड, तेलहन लगायतका उद्योगहरू स्थापना भएका छन्। जुट, अुदवा, चिया, तथा दुग्धजन्य पदार्थ लगायतका कृषिजन्य उद्योगहरू समेत यस प्रदेशमा संचालनमा छन्।

प्रदेश २

यस प्रदेशमा नेपालकै प्रमुख औद्योगिक क्षेत्र वीरगन्ज करिडोर रहेको छ।

यस प्रदेशबाट निकासी गर्न सकिने वस्तुहरूमा धान चमल, गहुँ, मकै, उखु, आलु, चिनी, आँप, माछा रहेको छन्। त्यस्तै अन्य वस्तुहरूमा तरकारी, पिना, केराऊको कोसा, आलस, तोरी, धागो, छाला, खरबुजा रहेको छन्।

यस प्रदेशबाट आयात प्रतिस्थापन गर्न सकिने वस्तुहरूमा दलहन, तेलहन, तरकारी, फलफूल, केरा, मासु, मसला, जुस, दुग्ध पदार्थ, फुल, पशु हाहार, काठ, कागज, सिमेन्ट, सिमेन्ट क्लिंकर, औषधी तयारी पोशाक, सेरामिक्सका उत्पादनहरू, फर्चिचर, छालाका सामानहरू, स्पिरित, मदिरालाई राखिएको छ।

कुल ग्रहस्थ उत्पादन सम्बन्धी प्रकाशित सन् २०१८ को तथ्यांकअनुसार नेपालको कुल ग्राहस्थ उत्पादन (३४ खर्ब ६४ अर्ब ३२ करोड) मा प्रदेश २को हिस्सा १२.८ प्रतिशत (४ खर्ब ४४ अर्ब ५० करोड) रहेको छ। प्रदेश २ कुल ग्राहस्थ उत्पादनमा चौथो स्थानमा रहेको छ। यो प्रदेशको कुल ग्राहस्थ उत्पादनमा कृषि तथा वन क्षेत्रको योगदान सबैभन्दा बढी रहेको छ।

यस प्रदेशका सबल पक्षहरूमा खेती योग्य जमिन, विहारको ठूलो जानसंख्याको बजार नजिक, वीरगन्ज कोरिडोर तथा सुख्खा बन्दरगाह, औद्योगिक केन्द्र, रेल सञ्जाल छन्। त्यस्तै, दुर्बल पक्षहरूमा न्यु सारक्षरता दर, जनशक्तिीको अभाव, सिचाइ सुविधा कमी, भौगोलिक विविधताको कमी छ नभने अवसरको रुपमा धार्मिक पर्यटन र समुन्द्री बन्दरगाहसम्म सहज पहुँच रहेको अध्यय प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रदेश ३

हिमाल, पहाड र तराइ क्षेत्र ओगटेको प्रदेश ३ लाई रसुवा र तातोपानी नाकाबाट चीनको बेल्ट एण्ड रोड आर्थिक करिडोर विकास हुँदै गएकाले विश्वबजारको प्रदेशद्वारका रुपमा अध्ययनमा उल्लेख गरिएको छ।

यो प्रदेशमा औद्योगिक, कृषि, वन, खनिजश्रोत, जलस्रोत र प्राकृतिक सुन्दरता तथा व्यापारिक केन्द्र र सांस्कृति, धार्मिक र पुरातात्विक महत्वको स्थलको रुपमा हेरिएको छ।

यस प्रदेशमा कृषिजन्य वस्तु उत्पादनमा धान चमल, गहुँ, मकै, जैविक तरकारी, जडिबुटी, साथै औद्योगिक उत्पादनमा नेपाली गलैंचा, तयारी पोशाक, फेल्टका विस्तुहरू, हस्तकलदाका सामग्री निर्यात गर्न सकिन वस्तुको रुपमा उल्लेख गरिएको छ। सेवाहरूमा जलविद्यूत, आइटी तथा बिपिओ, चिकित्साको प्रोफाइल तयार गरिएको छ।

यस प्रदेशबाट आयात प्रतिस्थापन गर्न सकिने वस्तु तथा सेवाहरूमा तयारी पोशाक, दैनिक उपभोग्य सामानहरू, प्लाष्टिकका सामानहरू, फर्चिचर, तेल, मकै, गहुँ तथा दूग्ध पदार्थ रहेकाछन्। त्यस्तै, हस्तकलाका सामान र विजुलीलाई पनि लिइएको छ।

अन्तरप्रदेश व्यापार सम्भावना भएको वस्तुहरू तथा सेवाहरूमा छाला, धान, दाल, मासु, अन्य खाद्यान्न, काठ, रोजिन, दाउरा, तयारी पोशाक, गलैंचा, धागो, तेल, प्लाष्टिकका सामानलाई राखिएको छ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशलाई पर्यटन विकासको ठूलो सम्भावना रहेको यसको विकासमा जोड दिइएको छ।

यस प्रदेशबाट धान चमल, गहुँ, मकै, उखु, आलु, जैविक तरकारी, जडीबुटी, तेल, ऊन, स्याउ, सुन्तला लगायतका फलफूल, दुग्धजन्य पदार्थ, जलविद्युत र सेवा व्यापारको अन्तरप्रादेशिक व्यापार तथा निर्यात प्रवद्र्धनको सम्भावना रहेको उल्लेख गरिएको छ। सेवामा जलयात्रा प्याराग्लाइडिङ दृष्यावलोकन पदयात्रा तथा साहसिक पर्यटन होटल होमस्टेलाई विकास गर्न सकिने भने सुझाव पेश गरिएको छ।

यस प्रदेशबाट खानीमा आधारित उत्पादनहरू सिमेन्ट धातु लगायतका वस्तुहरूको उत्पादनबाट आयात प्रतिस्थापन एवं अन्तरप्रदेश व्यापारको सम्भावना रहेको भनिएको छ।

धान, मकै, स्याउ, सुन्तला, माछा, लसुन, प्याज, खुर्सानी, मह, ऊन, फलाम, सिमेन्ट, चाउचाउ, चकलेट जस्ता वस्तुको आयात प्रतिस्थापन गर्न सकिने भनिएको छ भने जडिबुटी, अलैची, अुदवा, स्याउ, कफी, मह, पानीलाई निर्याृत योग्य वस्तुको रुपमा राखिएको छ।

गहुँ, मकै, कोदो, फापर जौ, उवा, स्याउ, सुन्तला, जातका फलफूल, लप्सीका परिकार, लसुन, प्याज, खुर्सानीलगायका वस्तुलाई अन्तरप्रादेशिक व्यापार सम्भावना भएका वस्तुका रुपमा राखिएको छ।

यस प्रदेशका तराइ र पहाडका जिल्लाहरूमा विभिन्न किसिमका खानी तथा खनिजजन्य पदार्थहरू रहेका छन्। चुनढुंगा, कोइला, फलाम, सुन, तामा, स्टेट जस्ता वस्तुको प्रचुर सम्भावना रहेको औंल्याइएको छ।

प्रदेश खासगरी अन्तर्राष्ट्रिय जगतमा प्रख्यात गौतमबुद्धको जन्मस्थल लुम्बिनीको उचित प्रयोग गर्नु पर्ने सुझाब पेश गरिएको छ।

मुलुकको कुल ग्राहस्थ्य उत्पादनमा गण्डकी प्रदेशको हिस्सा ८.३२ प्रतिशत अर्थात २ खर्ब ८८ अर्ब २० करोड रुपैया रहेको छ। कुल ग्राहस्थ उत्पादनको दृष्टिकोणबाट हेर्दा ७ वटा प्रदेशहरू मध्ये पाँचौं स्थानमा रहेको छ।

प्रदेश ५

प्रदेश पाँचमा निर्यात गर्न सकिने सम्भावित वस्तु तथा सेवाहरूमा रोजिन र रेजिन, कत्था, सारयुक्त तेल, पोलिष्टर धागो, पिपि ओभन फेब्रिक, पिना र धुटो, चाउचाउ, कपडा, जबिडुबटी, मुसुरो, कफी र अदुवा, बेसार रहेका छन्। जडिबुटीहरूमा टिमुर, चुत्रो, पाखनवेद, सिस्नु, धुपी, दालचिनी÷चेतपाजा, डालेचुक आदी रहेका छन्।

मुलुकमा कुल ग्राहस्त उत्पादनमा प्रदेश ५ को हिस्सा १३.०७ प्रतिशत (४ खर्ब ५२ अर्ब ८० करोड) रहेको छ।

यस प्रदेशमा पर्ने लुम्बिनीलाई पर्यटन क्षेत्रको विकासमा प्रयोग गर्न सकिने सुझाब यसमा छ।

कर्णली प्रदेश

यस प्रदेशबाट हाल निर्यात भइरहेका वस्तुहरूमा अदुवा, विभिन्न प्रकारका जडिबुटीहरू, रत्नपत्थर, गलैंचा, प्राकृतिक रेशाजन्य कपडा, टिमुर रहेका छन्।

यस प्रदेशबाट बेसार, प्राकृतिक रेशाजन्य वस्तुहरू, मह, अलैंची, दुधजन्य पदार्थ, खनिजजन्य वस्तुहरू निर्यातजन्य वस्तु भनेर सिफारिस गरिएको छ।

यो पयटकीय क्षेत्र भएकाले पयर्टन सेवालाई उचिन प्रयोग गर्नृ सकिने भनेर विभिन्न ठाउँको विकास गर्न सुझाब दिइएको छ।

मुलुकको कुल ग्राहस्थ उत्पादनमा कर्णाली प्रदेशको हिस्सा ३.४४ प्रतिशत अर्थात १ खर्ब १९ अर्ब २५ करोड ९० लाख रहेको छ।

सुदूरपश्चिम प्रदेश

यस प्रदेशबाट आयातप्रतिस्थापन गर्न सकिने वस्तु तथा सेवाहरूमा बाख्रा, माछा, मासु, दुग्धजन्य पदार्थ, अण्डा, मह, वनस्पति उत्पादनहरू, फूल तथा विरुवाहरू, दलहन, मसलाजन्य, खाद्यान्न र तेहलन वस्तुहरूलाई राखिएको छ।

भैसीको दूध र यसबाट उत्पादन हुने वस्तुहरू, काठजन्य वस्तुहरू, हस्तकलाका सामग्रीहरू लगायतका वस्तुहरू अन्तरप्रदेश व्यापार सम्भनावना भएका वस्तुमा राखिएको छ।

मुलुकको कुल ग्राहस्थ उत्पादनमा सुदूरपश्चिम प्रदेशको हिस्सा ६.३८ प्रतिशत (२ खर्ब २२ अर्ब ९६ करोड रुपैया रहेको छ। सात प्रदेशका तुलनामा यो छैठौं स्थानमा पर्छ।


कल्याणपुर नगरपालिकामा वडाअध्यक्ष पदमा जनमत पार्टीबाट रहमानको उम्मेदवारीे दर्ता

गणेश कुमार शर्मासिरहा,कार्तिक २७ गते । कल्याणपुर नगरपालिकामा उपनिर्वाचनका लागि १३ जनाले उम्मेदवारी दर्

जल पुरुष सिंहको हात बाट पत्रकार बरबरिया सम्मानित

धनुषा ,कार्तिक २७ गते ।कमला बचाउ अभियानको प्रथम वार्षिकोत्सवमा पत्रकार नरेशचन्द्र बरबरिया र पत्रकार बिन

भूत मेला मेला आउने श्रद्धालुलाई निःशुल्क शिविर

ईन्द्रजीत गोईतधनुषा। प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन लाग्ने भूत मेला मेलाका भक्तालुहरुलाई निःशुल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२