मानवअधिार अभियान्ता लोहनी लक्षित वर्गको घरदैलोमा संजय विश्वकर्मा

  • न्यूज डेस्क
  • प्रकाशित मिति: कार्तिक 18, 2076
  • 119 पटक पढिएको

लहान १८ , कार्तिक ।
“एक घर एक मानव अधिकार ” भन्ने मुल नारा सहित मानव अधिकारको क्षेत्रमा कृयाशिल संस्था अप्सन नेपाल काठमाडौका केन्द्रिय संस्थापक अध्यक्ष भोला प्रसाद लोहनीले टोल– टोलमा घरदैलो अभियानको सुरुवात गरेको छ । मानव अधिकारबाट बन्चितिकरणमा परेका लक्षित वर्ग समुदायलाई मानव अधिकारमा पहुँच पुर्याउन धनुषा , महोत्तरी , सिरहा ,सप्तरी, उदयपुर, सुनसरी लगायत पुर्वका प्रदेश नम्बर – १ र २ को विभिन्न जिल्लाको टोलहरुमा बस्ती मानव अधिकार निगरानी समूह गठन गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत महोत्तरी जिल्लाको रामनगर , सिरहाको लहान, मिर्चैया , सप्तरीको राजबिराज , धर्मपुर , बेल्ही , खरचुहिया उदयपुरको गाईघाट , लगायतको लक्षित समुदायका बस्तीहरुमा निगरानी समुह गठन गरिसकेको अप्सन नेपालको सल्लाहकार एवम् संस्थापक समेत रहनु भएकी प्रमिला लोहनीले जानकारी दिनुभयो । स्थानिय सरकार आईसकेको भएपनि दलित , गरिबको बस्तीमा हाल सम्म पनि अधिकार नपुगेका कारण निगरानी समूह मार्फत उनिहरुलाई जनचेतना समेत दिने गरेको अध्यक्ष लोहनीले सुनाए । दलित , गरीबहरुको आर्थिक अबस्था दयनिय भएका कारण मानब अधिकारमा उनिहरुको हाल सम्म पँहुच नभएको भन्दै अध्यक्ष लोहनीले भने मानब अधिकारबारे स्थानिय तह अन्तर्गत न्यायिक समीतीहरु स्थानिय स्तरमा बिभिन्न खालका जनचेतनामुलक कार्यक्रम संचालन गर्नु पर्ने उनको कथन रहेको थियो । अभियानका कारण पुर्वका अप्सन नेपाल जिल्ला शाखाहरु पनि सक्रिय भएको भन्दै उनले भने धनुषा जिल्लामा कार्तिक २० गते जिल्ला शाखाको साधारण सभा हुने जानकारी दिए । अप्सन नेपालले सिरहा जिल्लामा निस्वार्थ रुपमा राम्रो काम गरेको भन्दै जिल्ला अध्यक्ष मनिष कुशवाहा लगायत सप्तरीको जिल्लाका पदाधिकारीहरुले पनी मानव अधिकार अभियानता अध्यक्ष लोहनीलाई सम्मान समेत गरेका थिए ।


कल्याणपुर नगरपालिकामा वडाअध्यक्ष पदमा जनमत पार्टीबाट रहमानको उम्मेदवारीे दर्ता

गणेश कुमार शर्मासिरहा,कार्तिक २७ गते । कल्याणपुर नगरपालिकामा उपनिर्वाचनका लागि १३ जनाले उम्मेदवारी दर्

जल पुरुष सिंहको हात बाट पत्रकार बरबरिया सम्मानित

धनुषा ,कार्तिक २७ गते ।कमला बचाउ अभियानको प्रथम वार्षिकोत्सवमा पत्रकार नरेशचन्द्र बरबरिया र पत्रकार बिन

भूत मेला मेला आउने श्रद्धालुलाई निःशुल्क शिविर

ईन्द्रजीत गोईतधनुषा। प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन लाग्ने भूत मेला मेलाका भक्तालुहरुलाई निःशुल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२