मिर्चैयामा बजार अनुगमन हुदाँ व्यपारी भागाभाग

  • पूर्वाञ्चलएक्सप्रेस सम्वाददाता
  • प्रकाशित मिति: असार 19, 2076
  • 3893 पटक पढिएको

मिर्चैया,असार १९ गते । बुधवार स्थानीय प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र सञ्चारकर्मीलगायतको टोलीले सिरहाको मिर्चैया बजार अनुगमन गरेका छन्। बजारमा अखाद्य बस्तुको खरिद बिक्री भइरहेको गुनासो बढेपछि घरेलु तथा साना उद्योग कार्यालय लहानले अनुगमन थालेको छ।

बजारमा ३÷४ वटा पसलको अनुगमन नसक्दै बाँकी व्यापारी आफ्नो पसलको सटर धमाधम झारेर फरार भएका छन्। अनुगमन भइरहेको खबर पुग्नेबितिकै बजारका अधिकांश किराना, औषधी, मासु र होटल व्यापारीले पसल बन्द गरेर भागेका थिए ।

व्यवसाय दर्ता, नवीकरण, सरसफाई, नापतौलको ढक तराजु, म्याद गुज्रिएको खाद्य वस्तुको अनुगमन गरेका छन्। सोही अनुगमन टोलीलाई ओम शान्ति मेडिकोमा औषधि, एवन बेकरी एण्ड आइसक्रिम पार्लरमा खाद्यय वस्तु, बहुराष्ट्रिय कम्पनीको पेयपदार्थ, मसाला पाउडर र सहदेव होटलमा बियर म्याद सकिएको फेला परेका छन्। म्याद सकिएको वस्तुलाई स्थानीय प्रशासन, नगरपालिकाका प्रमुख, संचारकर्मीसहित रोहवरमा नष्ट गरिएको छ। मासु पसलबाट फेला परेका कम तौलका ढक जफत गरेका छन्।

अनुगमनका क्रममा कतिपय व्यवसाय दर्ता नभएका भेटिएको इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमल नारायण भण्डारीले बताए। त्यस्ता व्यापारीलाई कानुनी प्रक्रिया पुरा गर्न म्याद दिएको उनले बताए। बुधवार डेढ दर्जन व्यापारीको पसल अनुगमन गरिएको उनले जानकारी गराए।

‘दर्ता, नवीकरण, मूल्यसूचि र सरसफाई नरहेको फर्म भेटिएका छन्,’ घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत दीपेन्द्र कुमार यादवले भने, ‘त्यस्ता व्यवसायीलाई कानुनी प्रक्रियामा आउन १५ दिनको म्याद दिएका छौँ।’

अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु नष्ट गरिएको उनले बताए। उपभोक्ताको हक अधिकार र स्वस्थ्य व्यवसायका लागि अनुगमन थालिएको प्रमुख यादवले बताए। बजार अनुगमन निरन्तर गर्ने उनले बताए।

 


कल्याणपुर नगरपालिकामा वडाअध्यक्ष पदमा जनमत पार्टीबाट रहमानको उम्मेदवारीे दर्ता

गणेश कुमार शर्मासिरहा,कार्तिक २७ गते । कल्याणपुर नगरपालिकामा उपनिर्वाचनका लागि १३ जनाले उम्मेदवारी दर्

जल पुरुष सिंहको हात बाट पत्रकार बरबरिया सम्मानित

धनुषा ,कार्तिक २७ गते ।कमला बचाउ अभियानको प्रथम वार्षिकोत्सवमा पत्रकार नरेशचन्द्र बरबरिया र पत्रकार बिन

भूत मेला मेला आउने श्रद्धालुलाई निःशुल्क शिविर

ईन्द्रजीत गोईतधनुषा। प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन लाग्ने भूत मेला मेलाका भक्तालुहरुलाई निःशुल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२